Logo

फेरि उखान र तुक्काका झटाराे

देश प्रदेश समाचार १८ पुष २०७७, शनिबार २२:०४ मा प्रकाशित

काठमान्डाै । काम चलाउ प्रधान मन्त्री रहेका केपी शर्ममा   ओलीले  आफ्ना बिराेधीहरुलाई फेरि उखान र तुक्काका झटाराे हान्न थालेका छन ।
शनिबार प्रज्ञा भवनमा आयोजित आफ्नो समूहका काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा ओलीले पूर्वसहकर्मी प्रचण्ड र माधवनेपाल कडा कटाक्ष गरेका छन् ।
सम्बोधनको शुरुबाटै ओलीले प्रचण्ड र माधव नेपाललाई खिया लागेको नटबोल्ड, कुहिएको फलसँग दाँजे । प्रचण्ड, माधवहरुकै कारण एकता गरेको तीनवर्षसम्म पार्टीले गति लिन नसकेको निष्कर्ष सुनाउँदै ओलीले भने के दुईवटा खिया लागेकाे नटबल्टु झरेकाे त हाम्रो पार्टी द्रुत गतिमा अगाडि बढाे ।
पार्टी वैधानिकताको प्रश्नमा पनि प्रचण्ड र माधवलाई कटाक्ष गर्दै ओलीले पेडा पसलेको संज्ञा दिएका थिए । ‘निर्वाचन आयोगबाट हिजो मैले पत्र प्राप्त गरेँ । उहाँहरुले निवेदन हाल्नुभएको रहेछ असली हामी हौं भनेर’ उनले भने, यो बरमझियाको बाजेकाे पेडा पसल हो ? असली र नक्कली हुन ।’
नेकपाको वैधानिकता आफ्नो समूहले पाउने दाबी गर्दै ओलीले निर्वाचन आयोग र सर्वोच्च अदालतले चार्ली च्याप्लिन चिन्ने तर्क गरे । ‘जसको घर हो, उ निवेदन हाल्न किन जान्छ ? उनले प्रश्न गरे । आफूले नेतृत्व गरेको नेकपा असली भएकाले सूर्य चिन्ह पनि आफूहरुकै भएको उनको जिकिर थियो । ‘कार्की ब्याङ्क्वेटमा खानपिन गरेर केपी ओलीलाई निकाल्दिऔं भनेर घोषणा गर्नुभएछ । निर्वाचन आयोगमा पनि पत्र पठाउनु भएछ केपी ओलीलाई निकाल्यौं भनेर । त्यो हेरेर निर्वाचन आयोगका आयुक्तहरु कति दिन हाँस्नुभयो मलाई थाहा छैन’, उनले भने ।
ओलीले प्रचण्ड र माधव नेपाल समूहले गरेको आन्दोलनलाई रत्नपार्कमा औषधि बेच्नेसँग तुलना गर्न भ्याएका ओलीले अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्योभन्दा बढ्दा हुनेवाला छैन ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?