भद्रपुर । दैनिक जिवनमा अपरिहार्य बन्दै गएकाे ईन्फरमेसन टेक्नोलोजी (आई टी ) सबन्धी सम्पूर्ण ज्ञानकाे लागि भद्रपुरमै सजिलाे खाेज डट कमकाे स्थापना भएकाे छ ।
भद्रपुर-५ बजारस्थित कामेश्वर कम्प्लेक्सभित्र स्थापना गरिएको सजिलो खोज कार्यालयको शुक्रबार उद्घाटन गरिएको हो ।
प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रामाया श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सफ्टवेयर, हार्डवेयर, नेटवर्किङ लगायत व्यवासयीक क्षेत्रमा लाग्ने युवायुवतीलाई लक्षित गरि भद्रपुरमै प्रशिक्षण तथा सेवाको सुरुवात गरिएको कार्यालयका प्रबन्ध निर्देशक आकाश शर्माले जानकारी दिए ।
शर्माका अनुसार कम्प्युटर के हाे भनेर मात्रै जानेका छाै तर कम्प्युटरले के गर्छ भनेर अनविज्ञ छाै , दिन प्रतिदिन कम्प्युटर टेक्नोलोजीकाे माग बढ्दै गए पनि दक्ष जनशक्तिकाे कमीका कारण अहिलेसम्म भरपुर मात्रामा प्रयाेग गर्न नसकेकाे कुरा बताउँछन् ।
इन्टरनेटको माध्यमबाट प्रविधिमैत्री सूचनामा अघि बढ्यो, तर हामी सुरक्षित हुन सकेका छैनाै , ल्यापटप, कम्प्युटर र मोबाइलमा रहेका सबै डकुमेन्टहरु ह्याकरले सजिलै चोर्न सक्छन् ।’
‘इन्टरनेट प्रयोगकर्ताले कसरी आफ्नो व्यक्तिगत वा संस्थागत डाटाहरु सुरक्षित राख्न सक्छन भन्ने कुरालाई मध्यनजर गरी यस सेवाको सुरुवात गरेका हौँ, उनले भने ।’ हामीले टेक्नोलोजीहरू विकास गर्ने प्रयास गरिरहेका छौँ, ‘हामीलाई आवश्यक पर्ने
सफ्टवेयर, वेवसाइड, एप्लिकेशन बनाउनुका साथै यसलाई कसरी ह्याकरबाट बचाउन सकिन्छ, त्यसको काम पनि गछौं ।’ सजिलो खोज कम्पनीको स्थापना सन् २०१९ मा काठमाडौँ, त्यसपछि दाङमा कार्यालय खोलेर नै यस सेवाको सुरुवात गरेको बताउँदै अब भद्रपुरबाट पनि आई टी सम्बन्धि सम्पूर्ण सेवा सुबिधा सुचारु भएकाे वताउँछन्।


स्थानीय युवा आकाश शर्मा र भद्रपुर-५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको लगानीमा स्थापना गरिएको हाे ।




