Logo

ओली र प्रचण्डवीच घोचपेच

देश प्रदेश समाचार १४ मंसिर २०७७, आईतवार २१:४४ मा प्रकाशित

ेकाठमाडौं लिखितरुपमा एक-अर्कावीच आरोप प्रत्यारोप लगाइरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच अचेल एक्लाएक्लै सम्वाद हुन छाडेको छ ।

शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा उनीहरुवीच स्वाभाविक भेट भयो । तर, आपसमा घोचपेच भयो ।

सचिवालय बैठक एक बजे बोलाइए पनि केही ढिलो गरी शुरु भएको थियो, जहाँ ओली र प्रचण्डले एकअर्का विरुद्ध बोले ।

बैठकको सुरुमा कार्यकारी अध्यक्ष प्रचण्डले गत मंसिर ३ को बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई डकुमेन्ट लेख्नका लागि १० दिनको समय दिएको स्मरण गर्दै प्रस्ताव ल्याउनुभएको होला भनेर प्रस्तुत गर्न आग्रह गरे ।

त्यसपछि ओलीको लिखित प्रस्ताव खाममा राखेर सबै नेताहरुलाई वितरण भयो ।कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ मा पेश गरेको प्रस्ताव र सात पृष्ठको पत्रको जवाफमा ओलीले ३८ पृष्ठको प्रस्ताव पेश गरेका छन् ।

ओलीले आफ्नो मौखिक भनाइ पनि बैठकमा राखेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव एजेण्डाका रुपमा दर्ता नहुने भन्दै पार्टी एकताको रक्षा गर्ने हो भने त्यसलाई फिर्ता लिएर प्रचण्डले आत्मालोचना गर्नुपर्ने बताए ।

प्रस्तावमा आफूमाथि गलत लाञ्छनाहरु लगाइएकाले प्रचण्डले त्यसलाई फिर्ता लिएर क्षमा मागेपछि मात्रै पार्टी एकता अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको अडान थियो ।

बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले अन्तरिम कमिटीहरुको बहुमतले आफूलाई हटाउन खोजेमा त्यो मान्य नहुने भन्दै त्यस्तो अन्तरिम कमिटीहरुको बहुमतको निर्णय आफूले नमान्ने बताएको एक सचिवालय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

शनिबारको बैठकमा ओलीको प्रतिवेदनमाथि कुनै छलफल भएन । प्रतिवेदन पेश गर्दै ओलीले पार्टीभित्र हुनुपर्ने भन्दा पनि नहुनुपर्ने प्रस्ताव ल्याइएको बताए । ‘बैठकमा ल्याउनुपर्ने एजेण्डा कहिले ल्याउनुहुन्छ ? जनताका समस्या ल्याउनै हुन्न’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्यो, ‘नातागोताले पाउनुपर्ने कुरा पाएकै छन्, घर नहुनेले घरबेटी पाएकै छन् ।’

प्रधानमन्त्री ओलीले घोचपेच गरेपछि प्रचण्डले पनि म केही कुरा राख्छु भन्दै केपी ओलीलाई अहंकारी, दम्भी र व्यक्तिवादी भएको आरोप लगाए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?