Logo

भारतीय विदेश सचिव नेपाल आउँदै

देश प्रदेश समाचार ९ मंसिर २०७७, मंगलवार ०९:४९ मा प्रकाशित

काठमानडौ भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि यही मंसिर ११ गते काठमाडौं आउँदै छन् ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी औपचारिक भ्रमणमा आउन लागेको र यो भ्रमण दुई देशबीचमा उच्चस्तरमा हुनगइरहेको भ्रमणको आदान–प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
श्रृंगलाको नेपाल भ्रमण सीमा विवादभन्दा पनि द्विपक्षीय विकास साझेदारी र कनेक्टिभिटी परियोजनामा केन्द्रित हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भारतका प्रमुख अंग्रेजी दैनिक पत्रिकाहरुले त्यहाँको उच्च सरकारी स्रोतलाई उल्लेख गर्दै एउटै आशयको समाचार आज प्रकाशित गरेका छन् । भारतका उच्च अधिकारीहरुले विदेश सचिवको भ्रमणका क्रममा सीमा विवादबारे खासै कुरा नहुने त्यहाँका सञ्चारमाध्यमलाई बताएका छन् ।

अनलाइ खबरबाट


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?