Logo

भद्रपुरकी कोरोना संक्रमित महिलाको घरमै मृत्यु

देश प्रदेश समाचार ६ मंसिर २०७७, शनिबार १६:१८ मा प्रकाशित

भद्रपुर झापा भद्रपुरकी एक महिलाको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं ४ की ६० वर्षिया प्रभा गुरुङको बिहान ११.३० बजेतिर घरमै मृत्यु भएको हो ।

उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणमा हिजो कोरोना पुष्टि भएको थियो ।

त्यसपछि उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटल लैजाँदा हस्पिटलले भर्ना लिन नमानेपछि घर फर्काइएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए ।

योसँगै भद्रपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या भद्रपुरमा ६ र झापामा ९४ पुगेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?