Logo

झापामा देउसीभैलो खेल्न नपाइने

देश प्रदेश समाचार २७ कार्तिक २०७७, बिहीबार २०:१४ मा प्रकाशित

भद्रपुर  तिहारमा खेल्ने सामूहिक देउसी–भैलो र नाचगानमाथि जिल्ला प्रशासन कार्यालय झापाले रोक लगाउने निर्णय गरेको छ। साथै प्रशासनले छठ पर्व आआफ्नो घर आँगनमा मनाउन जिल्लावासी समक्ष अनुरोध समेत गरेका छन्। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको संयोजकत्वमा बसेको बैठकले तिहार तथा छठ पर्वलाई लक्षित गरी तीन बुँदे निर्णय गरेको छ।

कोरोना भाइरस सङ्क्रमणबाट बँच्न र बचाउन प्रशासनले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए। बैठकले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै दीपावली अर्थात् तिहारमा देउसी भैलो, नाचगानलगायत भीडभाड हुने कुनै पनि कार्य नगर्ने र नगराउने निर्णय गरेको हो।

त्यस्ता कार्य गर्ने व्यक्ति तथा समूहलाई कानुनबमोजिम कारबाही गर्ने र कोभिड संक्रमणको दरलाई मध्यनजर गर्दै यस वर्षको छठ पर्व आआफ्नै घर आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन सबैमा अनुरोध गरिएको छ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?