Logo

उप्रेती जेल चलान

देश प्रदेश समाचार २६ कार्तिक २०७७, बुधबार १९:१३ मा प्रकाशित

भद्रपुर  वैदेशिक रोजगार कसुर मुद्दामा जरिवाना ठहरिएका पुरुष पक्राउ परेका छन् । कनकाई नगरपालिका– ५का ३६ बर्षिया सौरभ उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी सुरुङगाबाट खटिएको प्रहरी टोलीले उप्रेतीलाई उनको घरबाट पक्राउ गरेको जनाएको छ । उनलाई एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । फैसला कार्यान्वयनका लागि उप्रेतीलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?