Logo

लागू औषधसहित दुई पक्राउ

देश प्रदेश समाचार २५ कार्तिक २०७७, मंगलवार ०६:०४ मा प्रकाशित

भद्रपुर लागूऔषधसहित दुई जनालाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दमक ८ बस्ने २८ वर्षिय अंकित कार्की र २८ वर्षिय अमन लिङफेप लिम्बु रहेका छन् । राति ८ः१० बजे कार्कीको घरको कोठामा लागूऔषध लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा कोठाबाट लुपिजेसिक—८३ एप्पुल, डाईजेपाम—८३ एम्पुल र फेनारगन—८३ एम्पुल बरामद भएको हो । लागु औषधसहित दुबैजनालाई प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?