Logo

प्रहरीले छापा मारेर भद्रपुरको दुईवटा घरबाट ठूलो परिमाणको बारुदजन्य पटाका बरामद

देश प्रदेश समाचार २५ कार्तिक २०७७, मंगलवार ०५:५२ मा प्रकाशित

भद्रपुर प्रहरीले छापा मारेर भद्रपुरको दुईवटा घरबाट ठूलो परिमाणको बारुदजन्य पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आज साँझ भद्रपुर नगरपालिका ८ भद्रपुर जेसीज जाने बाटोमा पर्ने दुईवटा घरबाट ठूलो मात्रामा पटाका बरामद गरेको हो । सन्तोष नाम गरेका व्यक्तिको घरबाट प्रहरीले ११ बोरा पटाका बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको पटाकाहरू विभिन्न प्रकार रहेका छन् । जसको बजार मूल्य लाखौँ पर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?