Logo

साढे ६ लाख रुपैयाँ बराबरको पटका बरामद

देश प्रदेश समाचार १९ कार्तिक २०७७, बुधबार २०:२९ मा प्रकाशित

भद्रपुर भारतबाट  नेपाल तर्फ अबैध रुपमा ल्याइदैँ गरेको पटका प्रहरीले बरामद गरेकाे छ । इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी शनिश्चरेले विभिन्न स्थानबाट पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  ।

प्रहरी टोलीले मेचीनगर नगरपालिका –१०, अर्जुनधारा –५बाट ६ लाख ५० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको जिल्लाका प्रवक्ता राकेश थापाले बताए । बरामद गरिएको पटका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको  उनले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?