Logo

नेपालमा २४ घण्टामा ३ हजार ५१७ जना काेराेना संक्रमित थपिए

देश प्रदेश समाचार १४ कार्तिक २०७७, शुक्रबार १९:३७ मा प्रकाशित

काठमाडाै नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १ हजार ३१६ जना महिला छन् भने २ हजार १५६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ जना पुगेका छन् । संक्रमितमध्ये प्रदेश १ मा ५६८ जना संक्रमित थपिएका छन् ।

यसैबीच ४ हजार ९६ जना संक्रमित निको भएका छन् भने निको हुने कुल संक्रमितको संख्या १ ालख २८ हजार ९५८ पुगेको छ । देशभरि ३८ हजार ३५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने कुल संख्या ९२० पुगेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?