Logo

इस्टु झापाद्धारा प्याब्सन एन प्याब्सन बिरुद्ध श्रम कार्यालयमा उजुरी

देश प्रदेश समाचार ५ कार्तिक २०७७, बुधबार २०:२४ मा प्रकाशित

भद्रपुर संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला कार्य समितिले प्याब्सन, एन प्याब्सन सहित झापाका निजी विद्यालय सञ्चालक बिरुद्ध श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको छ ।
प्याब्सन, एन प्याब्सनको आडमा विद्यालय सञ्चालकहरूले श्रम ऐन तथा नियमावली विपरित शिक्षक कर्मचारीलाई पारिश्रमिक दिन अश्विकार गरेपछि इस्टु झापाको उजुरी समितिले कारबाहीको माग राख्दै श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको हो ।
उजुरी समितिका संयोजक राजु वरालको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख दुर्गाप्रसाद आचार्यलाई उजुरी पत्र बुझाएको थियो ।
उजुरी पत्र बुझ्दै प्रमुख आचार्यले प्रचलित ऐन कानुन विपरित जाने जुनसुकै निकाय कानुनी दायरामा आउने प्रष्ट पार्दै झापाका निजी विद्यालय तथा तिनका छाता सङ्गठनलाई तत्काल ऐन नियमको परिधिमा ल्याउने प्रष्ट पारेका छन् ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरुद्ध रहेका झापाका अधिकाम्स विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरिरहेको नगर अध्यक्ष द्रोण अधिकारीले बताए । कोभिड १९ को बाहना बनाएर नाफाखोरी प्रवृत्ति प्रस्तुत गरिरहेका विद्यालय सञ्चालकहरूले प्रचलित नियम कानुनलाई समेत चुनौति दिने गरी व्यवहार प्रस्तुत गरिरहेको उनको भनाइ छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?