Logo

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

देश प्रदेश समाचार २४ आश्विन २०७७, शनिबार २०:२२ मा प्रकाशित

झापा झापामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।शनिबार पौने ६ बजे कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने २४ वर्षीया रिता थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राकेश थापाले जानकारी दिए।

घरायसी विवाद हुदाँ ३४ वर्षीय श्रीमान रामजी थापाले श्रीमती रितामाथि खुकुरी प्रहार गरेका थिए। खुकुरीले घाँटीमा लाग्दा रिताको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले  रामजीलाई नियन्त्रणमा लिएको डिएसपी राकेश थापाले जानकारी दिए।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?