Logo

झापा जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा

देश प्रदेश समाचार २३ आश्विन २०७७, शुक्रबार ०९:४४ मा प्रकाशित

झापा झापा जिल्ला अदालतका सबै न्यायाधीशको सरुवा भएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो ।न्याय परिषद्ले २९ जना नयाँ न्यायाधीशको बिभिन्न जिल्ला अदालतमा पदस्थापन पनि गरेको छ ।

झापाका जिल्ला न्यायाधीश युवराज गौतमको काठमाडौ जिल्ला अदालतमा सरुवा भएको छ ।झापाका अर्का जिल्ला न्यायाधीश प्रमेश पोखरेल सप्तरी जिल्ला अदालतमा सरुवा भएका छन् । अर्का जिल्ला न्यायाधीश सन्तोषप्रसाद पराजुलीको सिन्धुली जिल्ला अदालतमा सरुवा भएको छ ।

जिल्ला अदालत झापाका अर्का न्यायाधीश विश्वनाथ भट्टराई काठमाडौं जिल्ला अदालत सरुवा भएका छन् ।न्याय परिषद्ले हाल सर्वोच्च अदालतमा कार्यरत दिलकुमार बर्देवालाई झापा जिल्ला अदालतमा पदस्थापन गरेको छ ।

झापा अदालतका लागि सिन्धुपाल्चोकबाट टीकाराम आचार्य, सुनसरीबाट शंकरबहादुर राई, धनुषाबाट बिनोद खतिवडा आउने भएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?