Logo

प्रबिधिको दुरुपयोगबाट जोगिन बालबालिकालाइ प्रहरीको सचेतना

देश प्रदेश समाचार १८ आश्विन २०७७, आईतवार १६:०० मा प्रकाशित

भद्रपुर साईबर अपराधका घट्नाहरुलाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय झापाले विद्यालयका २२ जना बालबालिकाहरुलाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

दमक र कन्काईमा रहेका नगर बाल सञ्जाल , एभरेष्ट बोर्डिङ स्कुल दमक र झापा मोडेल ईङ्लिस बोर्डिङ स्कुल दमकका बालबालिकाहरुलाई अनलाईनबाट भिडियो कन्सफ्रेन्सको माध्यमद्वारा सचेतना प्रदान गरिएको हो ।

एसपी कृष्णप्रसाद कोईरालाले प्रबिधिको दुरुपयोगबाट नै साईबर अपराधका घट्ना घट्न सक्ने भएकाले त्यस प्रकारका घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा र बेफाईदा, सेक्युरिटी फिचर्स, नेपाल प्रहरीसम्म आईपुग्ने समस्याहरु र कानुनी प्रावधानहरुका बारेमा जानकारी गराएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?