Logo

तलव नदिने विद्यालयहरुको नामसहित उजुरी

देश प्रदेश समाचार ८ आश्विन २०७७, बिहीबार २१:२२ मा प्रकाशित

भद्रपुर कर्मचारी तथा शिक्षकलाइ तलव नदिने विद्यालय विरुद्ध संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले पहिलो चरणमा असोज १२ गतेबाट नाम किटान गरी श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गर्ने तयारी गरेको छ ।
उजुरी समितिमा झापाका एक सय विद्यालयले शैक्षिक वर्ष २०७६ कै पारिश्रमिक नदिएको उजुरी आइसकेको उजुरी समितिका संयोजक राजु वरालले बताए । २०७७ बैशाखदेखि भदौसम्म पारिश्रमिक नदिने तीन सय विद्यालयको नाम शिक्षक कर्मचारीले दिइसकेको उनले बताए ।
संस्थागत विद्यालय शिक्षक युनियन केन्द्रीय समितिले साउन ४ को प्याब्सन एन प्याब्सनसितको सहमती कार्यान्वयन नभएको ठहर गर्दै देशभर असोज ११ बाट आन्दोलनको घोषणा गरिसकेको उनले जनाए ।
पालिका स्तरबाट सञ्चालित आन्दोलनलाई अनुमोदन गरेर निर्णायक चरणमा पुर्र्याउन सवै पालिका समितिलाई आव्हान गरिसकेको नगर अध्यक्ष द्रोण अधिकारीले बताए ।
भद्रपुरमा शैक्षिक वर्ष २०७६ को तलव नदिने ११ वटा विद्यालयको नाममा उजुरी आइसकेको उनको भनाइ छ । २०७७ बैशाखयता तलव नदिने विद्यालयको नाम सङ्कलन सुरु गरिएको उनले जनाए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?