Logo

नगरपालिकाले घरमा झण्डा गाडेपछि………………

देश प्रदेश समाचार ५ आश्विन २०७७, सोमबार २२:२४ मा प्रकाशित

भद्रपुर वैदेशिक रोजगारबाट घर फर्किएका झापा विर्तामोड ८ गरामनीका एक व्यत्तिको घरमा नगरपालिकाले झण्डा गाडेको छ ।

समुदायमा कोरोना सार्नसक्ने डरले नगर स्वास्थ्य शाखाले साङ्केति चिन्ह लगाएको हो ।
घरमा श्रीमती विरामी भएपछि कतारबाट असोज १ गते वेलुका अन्र्तराष्ट्रिय विमानस्थल काठमाडौ हुदै असोज २ गते विहान घर आएका थिए ।

आएको ३ दिनपछि आइतबार घरमा रातो झण्डा गाढिएको ती पुरुषले बताए । विदेशबाट पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ ।

वाड प्रतिनिधि लगायत स्वास्थ्यकर्मीले घरमा साङ्केतिक झण्डा लगाएपछि तनाव भएको उनले बताए । घरमा झण्डा गाडेपछि समाजबाट अपहेलित हुनु परेको उनी बताउँछन् ।
जोखिम बढ्न सक्ने भएकाले नगरपालिकाको निर्णय अनुसार यस्तो गरिएको कोभिड रोकथाम तथा नियन्त्रण समिति विर्तामोडका संयोजक ओम खड्काले बताए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?