Logo

राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन झापा द्वारा ६२ पिण्ट रगत सङकलन

देश प्रदेश समाचार २७ श्रावण २०८०, शनिबार १५:५० मा प्रकाशित

भद्रपुर २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शनिबार भद्रपुरमा आयोजना गरिएको खुला रक्तदानमा ६२ पिण्ट रगत सङ्कलन भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन झापा र भद्रपुर नगर समितिले भद्रपुर ८ सगरमाथा चोकमा आयोजना गरेको कार्यक्रममा एक महिलासहित ६२ जनाले रक्तदान गरेका थिए ।
वर्षायामको समय र आउदै गरेका पर्वहरुलाई मध्यनजर गरी साथै देशभरी नै हाल फैलिरहेको डेङ्गु रोग सङ्क्रमण लगायतका महामारीमा रगत अभाव हुननदिन दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन झापाका अध्यक्ष राजकुमार राईले बताए । देशभरीका युवाले केही न केही कार्यक्रम गर्नुपर्ने आजको आवश्यक्ता भएको उनले जनाए ।
रगतको अभावमा कसैले पनि अकालमा मृत्यु वरण गर्नु नपरोस भन्ने उद्देश्य लिएर युवा दिवसको अवसरमा देशभरीनै रक्तदान गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए । देशभरीका सम्पूर्ण युवालाई यस्तो अभियानमा एकजुट हुन उनले अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रहरी, सङ्घसंस्था, उद्योगी, व्यापारी, समाजसेवी, सर्वसाधारण लगायतले रक्तदान गरेका थिए भने रेडक्रस झापाले प्राविधिक सहयोग गरेको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?