Logo

झापामा डेंगी संक्रमितको संख्या ७२७ पुग्यो

देश प्रदेश समाचार २६ श्रावण २०८०, शुक्रबार ११:३३ मा प्रकाशित

झापा झापा जिल्लामा डेंगी संक्रमितको संख्या ७२७ पुगेको छ ।

दिन प्रतिदिन डेंगी संक्रमितको संख्या बढ्नेक्रममा साउन २५ गतेसम्म संक्रमितको संख्या त्यति पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। संक्रमितमध्ये १०४ जना अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले बताए ।

साउन महिनामा डेंगी संक्रमणबाट बिर्तामोड ५ मा दुई जनाको मृत्यु भइसकेको छ । बिर्तामोड नगरपालिकाले डेथ सर्टिफिकेटसहित डेंगी संक्रमणबाट दुई जनाको मृत्यु भएको रिपोर्टिङ गरेपनि स्वास्थ्य कार्यालयले त्यसलाई आधिकारिकता प्रदान गरेको छैन ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?