भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिने सेवाग्राहीकाे भिड ह्वात्तै बढेकाे छ ।
नागरिकता विधेयक पास भएपछि झापामा नागरिकता लिनेकाे भिड अत्याधिक बढेकाे हाे ।
गत असार १० गते देखि साउन २४ गते सम्ममा झापा जिल्लाकाे माईवारीबाट मात्रै नागरिकता लिनेकाे सङ्ख्या २६सय रहेकाे जिल्ला प्रशासन कार्यालय झापाले जानकारी दिएकाे छ ।
पहिला नागरिकता लिन धेरै झन्झटिलो रहेकाेमा अहिले अलिक सहज भएकाे छ । पहिला दर्ता देखि नागरिकता पाउन धेरै वटा काेठाकाे झ्यालमा लाईन लाग्नु पर्ने थियाे । अहिले भने सेवाग्राहीलाइ ध्यानमा राखेर एउटै झ्यालबाट सबै काम हुन्छ भने प्रतिलिपी नगरिकता र राहदानी लिनका लागि छुट्टाछुट्टै ठाउँको व्यवस्था मिलाएकाे प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेलले बताए । उनले भने, `अहिले टाेकन प्रणाली राखेकाेले भरिसक ६ बजेसम्म बसेर भएपनि एकै दिनमा नागरिकता दिने वातावरण बनाएका छाैं, कुनै कारणबाट नभ्याएमा अर्को दिन पहिलाे आवरमा नै काम गरिरहेका छाैं´।

अलिक भिडभाड हुने सरकारी निकायहरुमा कार्य व्यवस्थापन गर्न सकेमा सेवाग्राही नागरिककाे समयकाे सदुपयोग हुने देखिन्छ ।





