Logo

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यास घट्यो

देश प्रदेश समाचार १६ श्रावण २०८०, मंगलवार २१:२३ मा प्रकाशित

झापा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?