Logo

अधिकांश भन्सारका कर्मचारीकाे लापरबाही, प्रहरीले दिनदिनै कराेडाैंकाे सामान वरामद गर्दै

देश प्रदेश समाचार १३ श्रावण २०८०, शनिबार २२:०६ मा प्रकाशित

झापा दुइ हप्ता अगाडि काठमाडाैंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थकाे भन्सारबाट चेकजाँच भएर बाहिरिएकाे १०० केजी सुन वरामद गरेकाे नेपाल प्रहरीले हिजाे शुक्रबार झापाकाे मेची भन्सार कार्यालय कार्यालयबाट पनि चेकजाँच भएर निस्किएकाे एउटा कन्टेनर राजश्व छलिगरेकाे शड्का लागेर नियन्त्रणमा लिएकाे छ । जुन सामान कन्टेनरसहित १ करोड २१ लाख २७ हजार ५ सय मुल्य तोकेर आवश्यक कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय बुझाइसकेको प्रहरीले जनाएकाे छ ।

आज शनिबार पनि झापाकाे भद्रपुर भन्सार कार्यलयबाट चेकजाँच भएर बाहिरिएकाे सामान बिहान ८.१४ बजेको समयमा भद्रपुर नगरपालिका वडा न. ५ संगम चोकमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको ५ जनाको मोबाइल गस्ती टोलीले भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ज १८२१ नं. को पिकअपलाई चेकजाँच गर्दा अन्दाजी १८ लाख २४ हजार ७२४ मूल्य बराबरको १६ पोका कपडा बरामद गरेको थियो ।

शंकास्पद देखिएको त्यति मूल्यबराबरको सामान र ८ लाख मूल्यबराबरको गाडी आवश्यक अनुसन्धानको लागि राजश्व चुहावट नियन्त्रण कार्यालय ईटहरी सुनसरी पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिएका छन् ।

देशकाे अर्थतन्त्र धरासायी बन्दै गएकाे छ भने राजश्व संकलन गर्ने मुख्य निकायहरुका अधिकांश भन्सारका कर्मचारीकाे लापरबाही दिन प्रतिदिन बढ्दै गएकाे देखिएकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?