Logo

विर्तामोड – भद्रपुर सडक निर्माणमा ढिलाइ

देश प्रदेश समाचार १९ असार २०८०, मंगलवार २०:५६ मा प्रकाशित

भद्रपुर विर्तामोड चन्द्रगढी सडक अन्तर्गत गरामुनी चन्द्रगढी खण्डकाे राष्ट्रिय याेजना अन्तर्गत बन्दै गरेकाे सडक ठेकेदार कम्पनीले मन्द गतिमा निर्माण गरिरहेकाे छ ।
चन्द्रगढीकाे लेखनाथ चाेक खण्डमा विवाद भएपनि देवनिया खाेला उत्तर गरामुनी खण्डकाे काम मन्द गतिमा भइरहेकाे हाे ।
२०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थात् ३० महिनामा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, ठेक्का लिएको ३०  महिना पुग्न लाग्दा पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम करिब ३३ प्रतिशतमात्रै सम्पन्न गरेको सडक डिभिजन दमकका ईन्जिनियर उज्वल खतिवडाले जानकारी दिए ।
बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलब ७ सय किलोमिटर सडक निर्माणको ठेक्का काठमाडौंको एमएस कन्टेक प्रालिले लिएको छ । भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन दमकले जनाएको छ । ठेक्का लिएको ३० महिना बित्न लाग्दा पनि निर्माणको काम ३३ प्रतिशत मात्रै सम्पन्न भएकोले कम्पनीले फेरि १ वर्षको लागि म्याद थपकाे निवेदन दिएकाे छ ।
डिभिजन कार्यलयले ६ महिना अगाडि  कम्पनीले सडक निर्माणको काम करिब २५ प्रतिशतमात्रै सम्पन्न गरेको भन्दै सडक डिभिजन दमकले पहिलो चरणको कारबाही समेत गरेको थियाे । सम्झौता अनुसार निर्माणको काम सन्तोषजनक नभएको भन्दै झापा बिर्तामोड–भद्रपुर सडक निर्माणको ठेकेदार कम्पनीलाई  ढिलाइ हुनुको लिखित स्पष्टीकरण माग गरेर पहिलो चरणको कारबाही गरेको थियाे ।
लामाे समयमा पनि सडक पुर्णरुपमा नबनेपछि भद्रपुर विर्तामोड सडकमा गुड्ने सभारी साधनले भने विगत ३ वर्षदेखि सास्ति भाेगिरहनु परेकाे छ भने नागरिकले जाेखिम माेलेर यात्रा गर्न बाध्य भएका छन् ।
जताततै सडकमा खाल्डाखुल्डी भएकाेले सडक दुर्घटना वढ्ने उत्तिकै सम्भावना रहेकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?