Logo

हल्दिबारीमा विषालु सर्प घाँटीमा बेर्न खोज्दा एक युवकको मृत्यु

देश प्रदेश समाचार ११ असार २०८०, सोमबार १८:१२ मा प्रकाशित

झापा झापाको हल्दीबारीमा विषालु सर्पले डसेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका- २ पाराखोपी निवासी अन्दाजी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले  सर्पलाई समातेर घाँटीमा बेर्न खोजेका थिए । सोही क्रममा सर्पले उनको दुवै हातमा डसेकाे थियाे । सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए ।

‘अत्यधिक मदिरा सेवन गरेका कारण उनले सर्प समातेर घाँटीमा बेर्न खोज्दा घटना घटेको हो,’ डीएसपी रिजालले भने । यता शवको कानुनी प्रक्रिया पूरा गरेर भद्रपुरकाे प्रादेशिक अस्पतालमा  पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?