Logo

प्रधानमन्त्रीले देशका नदीनालाहरु भारतलाई सुम्पने गरेको आरोप -लिङदेन

देश प्रदेश समाचार २७ जेष्ठ २०८०, शनिबार १९:५८ मा प्रकाशित

 

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नदीनाला विदेशीलाई दिँदा उपलब्धी ठान्न थालिएको टिप्पणी गरे ।

आज हेनुर्नुहाेस् त देशको जिम्मा लिएको राजनीतिक दलहरु र व्यक्तिहरुका क्रियाकलाप कस्ता प्रकारका छन् ? देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन्’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भएको थियो ।

अध्यक्ष लिङ्देनले भारतले नयाँ संसदमा राखेको नेपाली भूमिसहितको नक्साबारे भने कुरा उठाउन नसकेको भन्दै प्रचण्डको आलोचना गरे । ‘आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरुको हातमा आज देशको नेतृत्व छ’ उनले भने ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?