Logo

भद्ररपुरमा बिहान ६:१५ बजेदेखि विद्यालय सञ्चालन गर्न अनुमति

देश प्रदेश समाचार २३ जेष्ठ २०८०, मंगलवार १७:३७ मा प्रकाशित

भद्रपुर । झापाको भद्ररपुर नगरपालिकाले भाेलि २४ गतेदेखि बिहान ६:१५ बजेदेखि १०:१५ सम्म विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।

नगरले पालिकाभित्र रहेका सबै सामुदायिक तथा निजी विद्यालयले जेष्ठ ३२ गतेसम्म बिहान ६:१५ बजेदेखि १०:१५ सम्म विद्यालय सञ्चालन गर्न पाउने भनी सूचना जारी गरेको छ । अत्यधिक गर्मी बढेपछि नगरले केहि दिनदेखि  विद्यालय बन्द गर्न निर्देशन दिएकाेथियाे  । विद्यार्थीको स्वास्थ्यसँगै पठनपाठनलाई ख्याल गर्दै नगरले बिहानी पख विद्यालय लगाउन अनुमित दिएको नगर शिक्षा शाखाका प्रमुख राजकुमार ओडारीले जानकारी दिए

हेर्नुहाेस् निर्णय


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?