Logo

स्कुलमा बिध्यार्थी भर्ना गराईदिने भन्दै अभिभावकसँग ८ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने एक नाबालिकासहित ६ जना पक्राउ

देश प्रदेश समाचार १९ जेष्ठ २०८०, शुक्रबार २०:०३ मा प्रकाशित

दमक । झापाको दमकस्थित सुर्योदय बोर्डिङ स्कुलमा बिध्यार्थी भर्ना गराईदिने भन्दै अभिभावकसग ८ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने एक नाबालिकासहित ६ जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेहरूमा बिध्यालयको नक्कली सहायक प्रीन्सिपल बनेकी दमक ८ कि २६ बर्सिया चन्द्रकला मैनाली , दमक ७ कि २४ बर्सिया पबिसा बुढाथोकी , दमक ८ का २६ बर्सिय बासुदेब प्रसाईं र शिबसताक्षीका खगेन्द्र बहादुर आचार्य र एक जना नाबालिका समेत छ्न् ।

सो समूहले दमक र कमलका ४/५ जना अभिभावक सग उनीहरूका छोराछोरीलाई सुर्योदय बोर्डिङका विभिन्न कक्षामा पढ्ने ब्यवस्था मिलाईदिने भन्दै विभिन्न मितिमा सो रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

उनीहरु सबै विरुद्ध ठगी मुद्दामा शुक्रबार झापा जिल्ला अदालतबाट म्याद थपको आदेश लिइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?