Logo

भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन

देश प्रदेश समाचार २० बैशाख २०८०, बुधबार १२:०४ मा प्रकाशित

झापा भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ ।

बुधवार बिहान एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, गोल्डकप अध्यक्ष ढकाल, मुख्य सल्लाहकार टिकाराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले कार्यालयको विधिवत् उद्घाटन गरेका थिए । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो संघको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो । साबिक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीर्ण र प्रयोगहीन भवनलाई मर्मत तथा स्तरोन्नति गरी भद्रपुर झापा गोल्डकपले कार्यालय स्थापना गरेको अध्यक्ष दीपेश ढकालले जानकारी दिए । दुई कोठे सो भवनमा एउटा बैठक कक्षा र कार्यालय तथा अर्कोमा लेखा शाखा निर्माण गरिएको छ ।

गोल्डकपले यही मङ्सिर ७ गतेदेखि मेची रंगशालामा झापा जिल्ला स्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्दैछ । त्यस्तै, ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत उमेर समूहका खेलाडी छनोटको कार्य भइरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?