झापा । झापाको दक्षिणी क्षेत्रबाट ठुलो परिमाणमा लाखौँ मूल्य बराबरको स्याउ सशस्त्र प्रहरीले बरामद गरेको छ । तस्करीको माध्यमबाट कचनकवल हुदै भारत तर्फ लैजादै गरेको पिकअप गाडीसहित ५ सय ७१ काटुन स्याउ सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी गण नम्बर २ झापाले जनाएकोे छ ।
मे १ ज २८०४ नम्बरको पिकअप गाडीमा राखेर भारत तर्फ लैजादै गरेको १ सय १५ काटुन स्याउ कचनकवल ४ लोदाबारीबाट आइतबार वेलुका सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ । अनुसन्धानको क्रममा सोही वडामा रहेका जयनारायण गणेशको घरमा भण्डारण गरी राखिएकोे ४ सय ५६ काटुन स्याउ समेत प्रहरीले फेला पारेको थियाे । राजवंशीको घरमा स्याउ रहेको सुचना पाएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीबाट टोली आइ छानविन गरेको थियाे ।
फेला पारिएको स्याउको थप अनुसन्धानका लागि इटहरी पठाइएको एसपी देवराज अर्यालले जानकारी दिए । गाडीसहित स्यााउकाे अनुमानित १५ लाख मूल्य कायम गरी राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएकाे प्रहरीले जनाएकाे छ ।




