Logo

प्रतिबन्धित लागुऔषध सहित ३ जना मानिस नियन्त्रण

देश प्रदेश समाचार १५ बैशाख २०८०, शुक्रबार १३:५२ मा प्रकाशित

झापा नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा लिएकाे छ ।

बिहीबार ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाकाे मेचीनगर नगरपालिका वडा नं. ५ स्थित भारतबाट नेपाल तर्फ आउदैं गरेको  नुवाकोट जिल्लाकाे तार्केश्वतर गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३० को सविन परियार, जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३० को खड्ग सुनुवार र जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ५ बद्रीटोल बस्ने वर्ष २३ को विक्रम दनुवारलाई शंका लागी चेकजाँच गर्दा निजहरूको साथबाट
लागूऔषध खैरो हेरोईन ७० ग्राम फेला परेकोले ३ जनालाई नै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?