झापा । नेपाल प्रहरीले अवैध ८८ बोरा मकै सहित ट्याक्टर नियन्त्रण लिएकाे छ ।
मंगलबार झापाकाे गौरीगञ्ज गाउँपालिका वडा नं. २ आपगाछीमा भारतबाट नेपाल तर्फ आउदै गरेको मे १ त ७११० नं को ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय गौरीगंज र प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी गस्ति टोलिले रोक्न खोज्दा चालक भागी फरार भएकोले उक्त गाडीलाई चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अ.मु.रु.९६,८००।- बराबरको मकै (८८ बोरा) फेला परेकोले उक्त ट्याक्टर अं.मु.रु.४,००,०००।–बराबरको सहित जम्मा अं.मु.रु.४,९६,८००।–बराबरको ट्याक्टर र सामानलाई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

लोकप्रिय समाचार




