Logo

सामुदायिक विद्यालयकाे स्तराेन्नतिका लागि झापाकाे एक गाउँपालिकामा नयाँ प्रविधि सुरु

देश प्रदेश समाचार २२ फाल्गुन २०७९, सोमबार १८:१३ मा प्रकाशित

भद्रपुर झापाकाे एक गाउँपालिकाले आफ्नाे क्षेत्र भित्र रहेका सबै सामुदायिक विद्ययालयकाे स्तराेन्नतिका लागि नेपालमै पहिलाे पटक नयाँ प्रविधिकाे विकास गरेकाे छ ।

साेमबार झापाकाे हल्दिबारी गाउँपालिकाले आफ्नाे पालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा इन्टरनेटसहितकाे सिसिटिभि क्यामेरा माेवाइल एप्सकाे पूर्व मन्त्री तथा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले उद्धाटन गरेपछि साे प्रविधिकाे विकास गरेकाे हाै ।

याे प्रविधिकाे विकाससगै पालिका भित्र रहेका सबै सामुदायिक विद्ययालयका अभिभावकले आफ्ना स्कुल पढ्ने छाेराछाेरी र विद्यायालयकाे गतिविधि घरैबाट माेवाइलमा सजिलैसित इन्टरनेटकाे माध्यमबाट अनुगमन गर्न सक्ने छन् ।

शिक्षामा व्यापक गुनासा आएपछि पालिकाले आर्थिक वर्ष ०७५।७६ बाट विद्यालयमा सीसी क्यामरा जडान शुरु गरेको थियो । पालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा ०७९।८० सम्म २४ लाख ८८ हजार रुपैयाँको लागतमा क्यामरा जडान गरिएको जनाएको छ । क्यामरा जडान गरेपछि विद्यालयका अभिभावक लगायत सरोकारवालाले आफ्नो मोवाइलमा एप्स डाउनलोड गरेपछि हेर्न चाहेको विद्यालयको गतिविधि इन्टरनेटको सहायताले हेर्न मिल्ने पालिका सुचना तथा प्रविधि प्रमुख शुशिल कँडरियाले बताए । वडामा कार्यरत कम्युटर अपरेटर र पालिकाका प्रविधि प्रमुखले मोवाइलमा एप्सको व्यवस्थापन गरिदिने उनले जनाए । पालिका भित्र ४० प्रतिशत मानिस स्मार्ट मोवाइल चलाउन सक्ने भएकोले यो प्रविधि उपयुक्त देखिएको उनले दावी गरे । नेट वर्कको विस्तार सवै क्षेत्रमा भइसकेकोले इच्छुक व्यक्तिले यसको भरपुर उपयोग गर्न सकिने उनको भनाइ छ ।
३२ हजार जनसङ्ख्या रहेको हल्दीबारीमा ५ हजार ५ सय ८१ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । ९९ प्रतिशत साक्षर रहेको पालिकामा ८० प्रतिशत शिक्षित रहेको शिक्षा शाखाले जनाएको छ । त्यसैगरी ४९ प्रतिशत किसान रहेको पालिकामा ६५ प्रतिशतले मोवाइल चलाउन सक्ने जनाइएको छ ।

मोवाइल एप्स प्रयोगमा आएपछि विद्यालयको गतिविधि तुरुन्त जानकारी हुने पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले जनाए । विद्यालयको सुरक्षामामा बृद्धि,पालिकाबाट निरन्तर अनुगमनमा सहजता, अभिभावकले घरमा नै वसेर विद्यालयको गतिविधि नियाल्ने, भौतिक पूर्वाधारका बारेमा जानकारी हुने लगायतका महत्वपूर्ण काममा सहयोग पुग्ने उनले दावी गरे । शैक्षिकमा मात्र नभइ अन्य क्षेत्रमा पनि पालिकाले प्रवधिमा फड्को मारेको उनको भनाइ छ । विद्यालय स्तरमा मोवाइल एप्सको शुरुवात गर्ने नेपालका पालिकामध्ये हल्दीबारी पहिलो भएको उनले दाबी गरे ।
यता कार्यक्रमको उद्घाटन गर्दै पूर्व मन्त्री लिङ्देनले नेताले कर्मचारी विगारेको वताएका छन् । थोरै समय मन्त्री हुदाँको अनुभव सुनाउँदै उनले यस्तो वताएका हुन् । कर्मचारीले नियम पालना गरेपनि नेताका दवावका कारण कर्मचारी झुक्नु परेको उनको भनाइ थियो । पदमा रहदा केही महत्वपूर्ण कार्यक्रम गरिएको उल्लेख गर्दै समय आएपछि सार्वजनिक गरिने उनले जनाए ।
सोही कार्यक्रममा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा प्रथम ,द्वितीय र तृतिय हुने विद्यार्थी खेलाडीलाई नगदसहित प्रणामपत्रले पुरस्कृत तथा सम्मान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद चापागाँइले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुचना अधिकारी राजन न्यौपानेले गरेका थिए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?