झापा । जिल्ला प्रहरी कार्यलय झापाले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरि झापा जिल्ला अदालतमा बुझाएकाे छ ।
पक्राउ पर्नेमा झापाकाे गौरीगञ्ज गाउँपालिका वडा नं. ३ बस्ने सदर कुमार मकरा रहेका छन् । उनी झापा जिल्ला अदालतको मिति २०७७।१०।२२ गतेको फैसला अनुसार चोरी मुद्धामा फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले माघ २५ गते पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार
कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

त्यसैगरि अर्का पक्राउ पर्नेमा झापाकाे गौरादह नगरपालिका वडा नं.३ बस्ने युवराज भन्ने यामनाथ पौडेल रहेका छन् । उनीपनि झापा जिल्ला अदालतको मिति २०७७।१०।२७ गते भएको फैसला बिरुद्ध पुनरावेदन परी सम्मानित उच्च अदालत बिराटनगर इलाम इजलासबाट मिति २०७९।०१।२१ गते शुरु फैसला केही उल्टी भई भएको फैसला अनुसार जबरजस्ती करणी उधोग मुद्धामा फरार रहेका थिए । उनलाई पनि जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला
कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले माघ २४ गते पक्राउ गरी माघ २५ गते फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र सम्मानित अदालतको आदेशले निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।
हुँदा सम्मानित अदालतको आदेशले




