Logo

यति एयरलाइन्स दुर्घटना अपडेटः अहिलेसम्म ६२ जनाकाे शव निकालियाे

देश प्रदेश समाचार १ माघ २०७९, आईतवार १६:१८ मा प्रकाशित

काठमाडौं पोखरामा विमान दुर्घटनास्थलबाट याे समाचार तयार गर्दासम्ममा ६२ वटा शव निकालिएको छ ।

नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन् ।

उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ ।

६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेको हो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?