झापा । प्रहरी चाैकी शनिश्चरेले प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस नियन्त्रण लिएकाे छ ।
शुक्रबार प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा
नं.६ महानन्द चौक स्थित जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं.७ बस्ने वर्ष २६ को विकाश राजवँशी र ऐ.बस्ने वर्ष २४ को निर्मल भुजेललाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ११ ग्राम फेला परेकोले निजहरु दुवै जनालाई
नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्ररहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

लोकप्रिय समाचार




