Logo

भद्रपुर नगर क्षेत्रका समुदायिक विद्यालयले पाएनन् विद्यार्थी खाजा खर्च

देश प्रदेश समाचार १३ पुष २०७९, बुधबार १४:३६ मा प्रकाशित

झापा भद्रपुर नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयले याे वर्ष  विद्यार्थीकाे लागि आउने खाजा वापतकाे रकम पाएका छैनन् ।

गत साउन महिनादेखि नै मासिक रुपमा आउने रकम नआएका कारण सबै विद्यालयहरु उधाराेमा दैनिक खाजा खुवाउन बाध्य भएकाे सामुदायिक विद्यालयहरुले जानकारी गराए । आन्तरिक आयस्राेत भएका विद्यायलयले त्यहीँ आएकाे रकमबाट विद्यार्थीहरुलाई खाजा खुवाइरहेका छन् भने आयस्राेत नभएका विद्यायलयले उधाराेमा खाजा खुवाइरहेकाे जानकारीमा आएकाे छ ।

वाल शिक्षादेखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई कक्षा संञ्चालन भएकाे दिनकाे दैनिक १५ रुपैंयाकाे दरले खाजा खर्च वापत रकम उपलब्ध हुन्छ ।

गाैतम बुद्ध आधारभुत विद्यालय भद्रपुरका प्रधानाध्यापक शाेभा गुरुङका अनुसार गत साउन महिनादेखि विद्यार्थीहरुकाे लागि जुन खाजा खुवाउनकाे लागि रकम भद्रपुर नगर शिक्षा शाखाबाट निकासा हुन्थ्याे त्याे अहिलेसम्म निकासा भएकाे छैन, तर हाम्राे विद्यायलयकाे आन्तरिक आयस्राेत घरभाडा वापत   मासिक पाँच हजार प्राप्त हुने भएकाेले साेहि  स्राेतबाट खाजा खुवाइरहेकाे बताइन् ।

त्यसैगरि पशुपतिनाथ आधारभुत विद्यालय भद्रपुर घाेडामाराका प्रधानाध्यापक टिका देवी भट्टराईका अनुुसार नगर शिक्षा शाखामा जानकारी गराउदा माथिबाटै रकम निकासा नभएकाे भनेर नगर शिक्षा शाखा प्रमुख प्रेम भुजेलले बताएकाे जानकारी दिइन् । रकम निकासा नभए पनि खाजा त खुवाउनपर्छ भनेर अभिभावकलाई जानकारी गराएपछि विद्यालयकाे कुनैपनि आन्तरिक स्राेत नभएकाे  कारणले समाजसेवी तथा चन्दादाताहरुले दिएकाे रकमबाट खाजा खुवाइरहेकाे बताइन । उनले भनिन् ‘खाजा रकम मात्र हाेइन सेनेटरी प्याड पनि पाएका छैनाैं जुन नगर शाखाले दिदै गरेकाे प्याड गुणस्तरहीन भएर छात्राहरुले नै नलिएपछि हालसम्म राम्राे  खालकाे आएकाे छैन’  ।

यी विद्यालयमात्र नभएर  भद्रपुर नगर क्षेत्र भित्रका समुदायिक विद्यालयहरुकाे खाजा वापतकाे रकम नआएकाे पाइएकाे  छ ।

भद्रपुर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख प्रेम भुजेलका अनुसार विद्यार्थीहरुकाे लागि आउने खाजा खर्च रकम आइसकेकाे तर विद्यालयकाे विद्यार्थी संख्यामा फरक आएर वेरुजु देखिने भएकाेले अहिले निकासा नगिरएकाे हाे ।अब चाडैं महालेखापरीक्षक भएपछि सबै सामुदायिक विद्यायलयहरुलाई आफ्नाे विद्यालयकाे विद्यार्थी संख्या एकिन गरेर पठाउन लगाउछाैं त्यसपछि यहि आइतबारदेखि मंगलबारसम्मा सबै विद्यालयहरुलाई रकम पठाइसक्ने छाै । सेनेटरी प्याडकाे हकमा स्वास्थ्य समितिबाटै सिफारीस भएर आउने हुदाँ गुणस्तर हिन त भन्न सकिदैन तर पनि हामीले वितरण गरिरहेकाे छाै । अघिल्लाे वर्षकाे माैज्जात बाँकी रहेकाेले याे साल खरिद नगरिएकाे जानकारी आएकाे उनले बताए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?