Logo

नेकपा एमाले प्रदेश-१ संसदीय दलको नेतामा कार्की निर्विरोध

देश प्रदेश समाचार १० पुष २०७९, आईतवार १६:२३ मा प्रकाशित

विराटनगर नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।

आाइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो ।

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन् ।

यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए । उनकै समर्थन झापा ५(१) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?