Logo

राप्रपाकाे संसदीय दलकाे नेतामा लिङ्देन सर्वसम्मत चयन

देश प्रदेश समाचार ५ पुष २०७९, मंगलवार २०:१५ मा प्रकाशित

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?