Logo

सिटौलालाइ माओवादीबाट धोका( हेराैँ विज्ञप्ति नामावलीसहित)

देश प्रदेश समाचार २८ कार्तिक २०७९, सोमबार १९:५० मा प्रकाशित

भद्रपुर । सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली काँङ्ग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाइ गठबन्धनले धोका दिएको छ । झापा क्षेत्र नम्बर–३ अन्र्तगत साविक चकचकी गाविस हाल बाह्रदशी गाउँपालिका ४ र ५ वडाका १ सय ६ जना माओवादी कार्यकर्ताले सामूहिक राजीनामा दिएपछि सिटौलाले धोका पाएका हुन् ।
सो वडामा रहेकामध्ये १०६ जनाले हस्ताक्षरसहित विज्ञप्ति मार्फत  सामूहिक राजीनामा दिदै स्वतन्त्र वस्ने जनाएपछि सिटौलालाइ निर्वाचनकै मुखमा उनीहरुले अप्ठ्यारोमा पारेको हुनसक्ने जानकारहरु बताउँछन् ।
सिटौला यो पटकपनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग भिड्दैछन् । उनीहरुबिच चौथो पटक प्रतिस्पर्धामा पुनः देखिएपछि यो क्षेत्रमा सवैको चासो बढेर गएको छ । अहिले काँङ्ग्रेसका सिटौलालाई सत्तासाझेदार नेकपा माओवादी केन्द्रको साथ रहेको छ भने राप्रपाका लिङदेनलाई एमालेले जुरुक्कै बोकेको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट उम्मेदवार बनेका लिङ्देनलाइ एमाले अध्यक्ष केपी ओलीले यो पटकपनि सासद बनाउने स्वघोषित गर्दै भाषण ठोकिरहेका छन् ।
तीनवटा निर्वाचनमा आमने – सामने भएका उम्मेदवार चौथो पटक पनि प्रतिस्पर्धामा उत्रिएका कारण यो क्षेत्रमा चासो बढेर गएको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ मा हुने निर्वाचनमा विगतलाइ हेर्ने हो भने सिटौलाका लागि चुनाव त्यति प्रियकर छैन । ०४८ साल यता उनले भाग लिएका ६ वटा चुनावमध्ये ३ वटामा मात्रै जीत हात पारेका छन् । सिटौलाले ०४८, ०५१ र ०६४ सालका चुनाव हारे भने ०५०, ०५६ र ०७० मा भएका संसदीय चुनावमा विजयी भए । वि.सं.२०४८ सालदेखि निर्वाचन क्षेत्रनम्बर ३ बाट निरन्तर चुनाव लड्दैं आएका सिटौला वि.सं २०४८, २०५१, २०६४ र २०७४ सालमा गरी चार पटक पराजित भए । सटौलाका लागि बल्ल २०५६ र २०७० सालमा संसद्को ढोका खुल्यो । ६ पटक चुनावी प्रतिस्पर्धा गर्दा दुई पटकमात्र परिणाम हात पार्न सफल भए । सिटौला र राप्रपाका लिङ्देन २०५६, २०७० र २०७४ सालमा चुनावी मैदानमा आमनेसामने देखिएका थिए । २०६२÷२०६३ को राष्ट्रिय जनआन्दोलन सफल भए लगत्तै पहिलो पटक भएको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका पूर्णसिहं राजवंशीसँग सिटौला पराजित भए । त्यस्तै २०५६ सालमा पहिलो पटक निर्वाचन क्षेत्रनम्बर ३ बाट निर्वाचन शुरु गरेका लिङ्देन २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार बने ।
२०७० सालदेखि निरन्तर निर्वाचन लड्दै आएका उनलाई २०७४ सालको निर्वाचनबाट परिणाम हात पर्यो र संसद् यात्रा शुरु भयो । २०५६ सालको निर्वाचनमा सिटौला १७ हजार ५ सय ६९ मत प्राप्त गदैं विजयी बन्दा लिङ्देनले ५ हजार ६ सय २५ मतमा चित्त बुझाए । २०७० सालको निर्वाचनमा सिटौला १४ हजार ३ सय ५५ मत र लिङ्देन ९ हजार २ सय ५३ मत ल्याइ पराजित भए ।
तर, २०७४ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिटौलासँग लिङ्देनले बदला लिदैँ काङ्ँग्रेसका सिटौलालाई नराम्ररी पराजित हुनु परो । २०७४ सालमा नेकपा एमालेको समर्थनबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मतका साथ विजयी भए । काँङ्ग्रेसका सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरे ।
क्षेत्र नम्बर ३ मा ६६ हजार ६१ पुरुष र ६५ हजार ३७१ जना महिला गरी कुल १ लाख ३१ हजार ४३२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रमा भद्रपुरका १० वटा वडामध्य १ देखि ८ सम्म , हल्दीबारी, बाह्रदशी पुरै र विर्तामोडको १० नम्बर वडा परेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?