महेन्द्र भट्टराई(दुरगामी)
भद्रपुर । झापा भद्रपुर ६ स्थित श्री कृष्णद्वैपायन गुरुकुल वेदविद्याश्रमका प्रस्तापक तथा संस्थापक अध्यक्ष भद्रपुर ८ क्याम्पसमोडका गणेशप्रसाद भट्टराईले रचना गरेको मेरो जीवनका तितामिठा अनुभवहरु नामक कृति विमोचन गरिएको छ । गुरुकुल कार्यसमिति अध्यक्ष रेमनाथ चुडालको अध्यक्षता एवम अग्रज साहित्यकार भाषाविद् चुडामणि रेग्मीको प्रमुख आतिथ्यमा कृति विमोचन गरिएको हो । गुरुकुलका विद्यार्थी बटुकहरुबाट वैदिक स्वस्तिवाचन, पूर्वज एवम् सहिदहरुको सम्मानमा मौन धारण तथा दीपप्रज्ज्वलन गरी सञ्चालन भएको कार्यक्रममा साहित्यकार उद्धव विष्ठले कृतिको समिक्षा गर्नुभएकाे थियाे । कृतिकार गणेश भट्टराईले स्वागत गरेको कार्यक्रममा भट्टराई कुलवंश प्रतिष्ठान भद्रप्रका अग्रजवंश नं. २२ का पं.भीमप्रसाद भट्टराई र भद्रपुर नर उप–प्रमुख राधा कार्कीको विशिष्ट आतिथ्य, पूर्व अञ्चलन्यायाधीश नन्दप्रसाद पौडेल, नागरिक एफ.एमका प्रवन्धनिर्देशक चिन्तामणि दाहाल, ी सनहित्यकार विष्ट, सह प्रा. होम सुवेदी, अरुण भट्टराई, तारा विविध, चुडामणि वाशिष्ठ, राजेन्द्र दाहाल, गङ्गाप्रसाद अधिकारी(राजगण), गुरुकुलका पूर्व अध्यक्ष राजेन्द्र चापागाईं, लेखनाथ पुस्तकालयका पूर्व अध्यक्ष नवराज घिमिरे, लेखनाथ पुस्तकालयका अध्यक्ष हरिप्रसाद न्यौपाने, भट्टराई कुलवंश प्रतिष्ठान नेपालका कन्द्रीय सदस्य सूर्यप्रसाद भट्टराई, राकुमार भट्टराई, जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई, अधिवक्ता नारायण श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको थियो । पुस्तक छपाईका क्रममा भाषाशुद्धी हेरीदिनुहुने सहप्राध्यापक सुवेदी, कम्प्युटर सहयोग गर्नुहुने शिक्षक चैतन्य खरेल, विमला वाराकोटी खरेललाई विशेष सम्मान, समिक्षक विष्ठलाई सम्मान तथा प्रमुखअतिथि र विशिष्ठ अतिथिलाई मायाको चिनो कृतिकारको तर्फबाट प्रदान गरिएको थियो ।
कार्यक्रममा चिन्तामणि दाहाल र राधाकार्कीले शुभकामना राख्नुभएकाे थियाे ।
कार्यक्रममा आमन्त्रित सवैलाई एकप्रति पुस्तक उपहार स्वरुप प्रदान गरिएको कार्यक्रमको सञ्चालन विद्याश्रमका प्रधानाध्यापक महेन्द्र भट्टराई (दुरगामी)ले गर्नुभएकाे थियाे भने लेखकका आफन्त , गुरुकुलका शिक्षक गुरु तथा बटुक विद्यार्थीहरुले सहजीकरण गर्नुभएकाे थियाे ।




