भद्रपुर । भद्रपुरका पुर्व मेयर भारतेन्दु कुमार मल्लिक राप्रपामा प्रवेश गरेका छन् । नेपाली काँङ्ग्रेसका महासमिति सदस्य एवम केन्द्रीय सदस्य समेत रहेका मल्लिकले राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनबाट सदस्यता लिएर पार्टी प्रवेश गरेका हुन् ।
काँङ्ग्रेसले नेता भन्दा पनि पैसावाला व्यत्ती हेर्ने गरेकोले सिटौला काँङ्ग्रेसमा अटाउन नसकेर पार्टी परिर्वतन गरेको मल्लिकले जनाए । नातेदार र पैसावाला पार्टीलाइ विस्थापित गर्ने मुख्य लक्ष्य रहेको उनले बताए । मल्लिकसँगै एक दर्जन भन्दा बढीले सदस्यता लिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राप्रपा अध्यक्ष एवम क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लिङ्देनले भष्ट्रचारलाइ संस्थागत गर्ने ,आपराधिक क्रियाकलाप भित्र्याउने लगायतका गतिविधि गर्ने काँङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालाइ क्षेत्र नम्बर ३ बाट धुलो चटाइने बताए । मेची राजमार्ग सिटौलाले हैन नेपाल सरकारले बनाएको उल्लेख गर्दै सिटौलाको राजनीति यही वर्षबाट समाप्त हुने उनले जनाए । ०७४ सालको निर्वाचनमा १४ हजार मतले हारेका सिटौलाले आउँदो निर्वाचनमा ४० हजार मतले पराजित हुने उनले ठोकुवा गरे । पाँच वर्षको अवधिमा ३ नम्बर क्षेत्रका जनताले बल्ल विकासको अनुभूती गर्न पाएको उनको भनाइ थियो । सुडान काण्डमा भष्ट्रचार गरेर प्रहरीलाइ जेल पठाउँदै आफु चोखिने नेताको अब देशलाइ आवश्यक नपर्ने बताए । भारतीय दुतावासबाट अनुदान ल्याएर करोडौँ रुपैयाँ विद्यालयलाइ दिन्छु भन्दै जनतालाइ मूर्ख वनाउने काम सिटौलाबाट हुुदै आएकोले मतदातालाइ सजक रहन उनले सुझाए । अब देश वनाउने नेतृत्व राप्रपाको काँधमा आएकोले प्रतिनिधि सभामा हलो चिन्ह्मा र प्रदेश सभामा सूर्य चिन्ह्मा छाप लगाउन उनले अनुरोध गरे ।
राप्रपा भद्रपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा समानुपातिक उम्मेदवार रेनुका गुरुङ्, महामन्त्री राजेन्द्रप्रसाद गुरुङ्,केन्द्रीय सदस्य ,जिल्ला तथा स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।








