Logo

समाजसेवी दिनबन्धु गाेयलद्धुरा छात्रवृति तथा जिन्सी सामग्री वितरण

देश प्रदेश समाचार २ कार्तिक २०७९, बुधबार १९:१७ मा प्रकाशित

भद्रपुर झापाकाे भद्रपुरमा बिहिबार भद्रपुर माडवारी स‌ंघकाे सह आयाेजनामा साे क्षेत्रमा अध्यनरत छात्राहरुलाई एक वर्षकाे लागि छात्रवृति तथा साइकल र विद्यालय पाेसाक वितरण गरिएकाे छ ।

झापाकाे भद्रपुर ६ मा जन्मनु भएर हाल विराटनगरमा कर्मथलाे बनाउनु भएका समाजसेवी आयाेजक दिनबन्धु गाेयलले आफु उपस्थित नभएपनि आफ्नाे भाउजु स्व. गाैरी देवीकाे स्मृतिमा भद्रपुर क्षेत्रमा अध्यनरत जेहेन्दार तथा निम्न स्तर भएका ११ जना छात्राहरुलाई साईकल, विद्यालय पाेसाक र छात्रवृति वितरण गर्न भद्रपुर मारवाडी संघकाे सहयाेगमा दिनु भएकाे थियाे ।


छात्रवृति तथा जिन्सी सामाग्री पाउने छात्राहरु विरेन्द्र नमुना क्याम्पस भद्रपुर १० चन्द्रगढीमा अध्ययनरत क्रमश राेशनी मुर्मु, राहा मुर्मु, जाुसफिना खडिया, आशा खेरवार  र माेती मालपाँडे रहेका छन् । त्यसै गरि विरेन्द्र मा.वि मा अध्ययनरत वविता राजवंशी, फुलमुनी मर्डी, प्रितम उराउ, सृजना सदा र करुणा ऋषिदेव रहेका छन् । भद्रपुर मा. वि मा अध्यनरत एक जना सरिता कर्मकार गरि ११ जना छात्राले पाएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पाेखरेल विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका उप प्रमुख राधा कार्की अतिथिहरु नेपाल उद्याेग वाणिज्य सङघ १ नं. प्रदेशका अध्यक्ष टिकाराज ढकाल, भद्रपुर नगरपालिका ७ नं. वडाका वडाध्यक्ष अभिषेक ढुङ्गाना, भद्रपुरका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रतिया राजवंशी, भद्रपुर नगरपालिका ५ नं. वडाका वडाध्यक्ष बन्धु कार्की, वडा सदस्यहरु, भद्रपुर जेसिजका अध्यक्ष मनाेज भट्टराई, उद्याेगपति दिपेश ढकाल, गाेपाल अग्रवाल, समाजसेवीहरु लगायत सञ्चारकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।

भद्रपुर मारवाडी संघका अध्यक्ष अजय  साहेवालाकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सञ्चालन पत्रकार गाेपाल गिरीले गरेका थिए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?