झापा । झापामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरि १५ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा प्रतिनिधिसभा तर्फ ७ जना र प्रदेशसभा तर्फ ८ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा क्षेत्र नं. १, २ र ४ बाट क्रमश राप्रपा नेपालका सन्तराज कार्की, कमल खरेल र विजय प्रसाद राजवंशीले प्रतिनिधिसभा सदस्य तर्फको मनोनयन फिर्ता लिएका छन् । त्यसैगरि स्वतन्त्रबाट क्षेत्र नंंं. २, र ४ बाट क्रमश अर्पण बस्नेत, ख्याम नेपाल छन् भने ५ बाट विष्णु प्रसाद सिग्देल र सुलोचना राजवंशीले मनोनयन फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
प्रदेशसभा सदस्य तर्फ मनोनयन फिर्ता लिने स्वतन्त्र सदस्यहरु क्षेत्र नं.१ को (ख) बाट गिता प्रसाद अधिकारी र राजन चिमरिया, ४ को (ख) बाट भरत कुमार श्रेष्ठ, ५ को (क) बाट ईन्द्र बहादुर न्यौपाने र ५ को (ख) बाट दिपेन्द्र तिवारी, वेदनिधी गौतम र राजन चापागाई रहेका छन् । त्यसैगरि ५ को (ख) बाट राप्रपा नेपालका वासुदेव भट्टराईले मनोनयन फिर्ता लिएका छन् ।




