Logo

जनकल्याण आधारभुत निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापकसँग स्ष्टीकरण माग

देश प्रदेश समाचार २१ भाद्र २०७९, मंगलवार १०:४३ मा प्रकाशित

भद्रपुर नक्कली विद्यार्थी देखाएर लाखौं रुपैयाँ हिनामिना गरेको समाचार प्रकाशित भएपछि विद्यालयका प्रधानाध्यापकसँग स्पष्टीकरण माग गरिएको छ ।
भद्रपुर नगरपालिका वडा नं. ४ मा रहेको जनकल्याण आधारभुत निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीसँग भद्रपुर नगरपालिका अन्र्तगत रहेको शिक्षा शाखाले स्पष्टीकरण मागेको हो ।
सञ्चारमाध्याममा प्रकाशित भएको समाचारलाई लिएर तीन दिनभित्र सत्य – तथ्य विवरण लिइ शाखमा आउन लिखित पत्र दिएको शिक्षा शाखाले जनाएको छ । समाचार वाहिरीएपछि विद्यालयमा गएर विद्यार्थी हाजीरी र कक्षा कोठा अनुगमन गर्दा शङ्का लागेपछि कागजी प्रक्रियामा गएको शाखा प्रमुख प्रेमबहादुर भुजेलले बताए । तीन दिनभित्र विवरण बुझाउन भन्दै भदौ ७ गते लिखित पत्र पठाएपनि प्रधानाध्यापकको पारिवारिक समस्याका कारण उहाँले १९ गते मात्र पत्र बुझेको प्रमुख भुजेलले जानकारी दिए । विवरण आइसकेपछि पनि स्थालगत निरीक्षण गरिने उनले जनाए । विद्यार्थी सङ्ख्या फरक देखिएमा फरक देखिएका विद्यार्थीबाट हुन आउने सम्पूर्ण रकम फिर्ता गराइने उनले बताए ।
कक्षा १ देखि ७ सम्म सञ्चालन हुदै आएको विद्यालयले सक्कली विद्यार्र्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १७३ जनाको हाजिरी देखाएको फेला परेको थियो ।
शैक्षिक सत्र सुरु भएपश्चात जेठ, असार र साउन मसान्तसम्म शतप्रतिशत विद्यार्थीको हाजिरी गरेपनि भदौ महिनाको शुरुवाती देखि हाजिरी कम देखाइएको थियो । विद्यालयमा दरबन्दी कायम राख्नकोलागि नक्कली विद्यार्थी देखाएको विद्यालयका प्रधानाध्यापक रेग्मीले बताएका थिए । विद्यार्थीको खाजा वापत आउँने रकमलाई कम्प्युटर , अङ्ग्रेजी , नेपाली र गणित शिक्षकलाई थप रकम दिदै आएको जनाएका थिए ।
विद्यालयको हाजिरी पुस्तिका अनुुुसार प्रतिदिन एक विद्यार्थी बराबर १५ रुपैयाँ खाजा खर्च , छात्रवृत्ति ,पाठ्यपुस्तक लगायत विभिन्न शिर्षकमा विद्यालयलाई रकम जाने गरेको शिक्षा शाखाले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?