भद्रपुर । राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले आज भाषण नगर्ने भन्दै सन्थाल दिदी बहिनीसँग नाचेर तीज पर्व मनाएका छन् । राप्रपा भद्रपुर ३ नम्बर वडा समितिले आइतबार पर्यटकीय क्षेत्र किचकबधमा आयाेजना गरेकाे समावेसी तीज कार्यक्रममा सहभागिता जनाउन आएका लिङ्देन मञ्चमा नगइ सिधै नाच्दै गरेकाे भिडमा गएर सन्थालकाे नाचमा ताल मिलाउन थाले ।हेर्नुस् भिडियो
नेता नाच्न थालेपछि क्यामेरा र नाच्नेकाे घुइचाे लागेकाे थियाे । उनीसँगै भद्रपुर उपप्रमुख राधा कार्की, राप्रपाबाट निर्वाचित वडा नम्बर ३ का वडाअध्यक्ष हेमबहादुर कार्की(सन्तु) लगायत रमेका थिए । उनले नाच्न मात्र हैन सन्थाल दिदी बहिनीसँग सेल्फि खिच्न समेत भ्याए ।



लोकप्रिय समाचार




