Logo

काकडभिट्टा माविमा ३२ विद्यार्थी एकैपटक बिरामी, क्यान्टिन सञ्चालक प्रहरी नियन्त्रणमा

देश प्रदेश समाचार ९ भाद्र २०७९, बिहीबार २०:३१ मा प्रकाशित

मेचीनगर झापाको मेचिनगर ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको परिसर भित्र रहेको क्यान्टिनमा खाजा खाएका ३२ जना विद्यार्थीहरु विरामी परेका छन् ।

आज विहीबार दिउँसो विद्यालय परिसर भित्रको क्यान्टिनमा खाजाकोरुपमा छोलामुरै खाएका ३२ जना विद्यार्थीहरु एकाएक विरामी परेपछि उनिहरुलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई विरामी परेको र क्यान्टिन सञ्चालक नारायण विष्टलाई नियन्त्रणमा लिइएको इप्रका काकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए। चिकित्सकका अनुसार विद्यार्थीहरुलाई फुडपोइजन भएको बताइएको छ ।विद्यालयकै चौकिदार विष्टले सञ्चालन गर्दै आएको उक्त क्यान्टिनबाट प्रहरीले कुहिन लागेको बन्दा काेभि समेत बरामद गरेको छ भने क्यान्टिनमा पानीमा समेत किरा परेको अवस्थामा भेटिएको छ। उक्त क्यान्टिनले बासी खानेकुरा खुवाउने गरेको अभिभावकहरुले आरोप लगाएपनि यश विषयमा छानबिन भैरहेको प्रहरीले जानकारी दिएको छ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?