Logo

थप रकम नदिएको शिक्षकको गुनासो

देश प्रदेश समाचार ७ भाद्र २०७९, मंगलवार २१:५३ मा प्रकाशित

भद्रपुर झापाको एक सरकारी विद्यालयका प्रधानाध्यापकले शिक्षकलाइ थप रकम दिने गरेको विषय गलत भएको छ । भद्रपुर नगरपालिका वडा नं. ४ मा रहेको जनकल्याण आधारभुत निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीले विद्यालयका ४ जना शिक्षकलाई थप तलव दिने गरेको विषय गलत भएको पाइएको हो ।
विद्यार्थीको शैक्षिक सुधार गर्ने भन्दै प्रधानाध्यापक रेग्मीले मासिक २१ हजार रुपैयाँ दिदै आएको वताएका थिए । नकली विद्यार्थी देखाएर भद्रपुर नगरपालिकाबाट रकम बुझि आर्थिक हिनामिना गर्दै आएका रेग्मीले कम्प्युटर शिक्षक शुुसन तामाङलाई ६ हजार, अङ्ग्रेजी शिक्षक निता किस्कु, नेपाली शिक्षक तमन्ना राजवंशी र गणित शिक्षक भुवन वस्नेतलाई थप जनही ५ हजारका दरले मासिक रकम दिने गरेको सञ्चारकर्मीलाइ बताएका थिए । समाचार सार्वजनिक भएपश्चात् ती शिक्षकले थप रकम नबुझेको दावी गरे । मासिक तलव वाहेक अन्य कुनैपनि रकम नबुझेको उनीहरुको भनाइ छ । नकली विद्यार्थीको नामा दर्ता गरि भर्ना भएको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या देखाएर प्रधानाध्यापक रेग्मीले लाखौ रुपौयाँ हिनामिना गरेका छन् ।
कक्षा १ देखि ७ सम्म सञ्चालन हुदै आएको विद्यालयले सक्कली विद्यार्र्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १७३ जनाको हाजिरी देखाएको फेला परेको छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?