Logo

महँगीविरुद्ध थाल ठटाउँदै राप्रपा सडकमा

देश प्रदेश समाचार ११ श्रावण २०७९, बुधबार १६:३२ मा प्रकाशित

काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले महँगी नियन्त्रणका लागि सरकारले कुनै पहल नगरेको भन्दै थाल ठटाएर प्रदर्शन गरेको छ ।

महंगीविरुद्ध आफूहरुले सरकारलाई गराएको ध्यानाकर्षणको कुनै सुनुवाइ नभएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो ।आफूहरुको माग अनुसार सरकारले महँगी नियन्त्रणका लागि काम नगरे आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।प्रदर्शनपछि सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरुले सरकारलाई बढ्दो महंगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन सुरु गरेको बताइन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा सरकारले गरेको महंगीको बिरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौं,’ उनले भनिन्, ‘हाम्रो दोस्रो चरणको आन्दोलन पनि सुनुवाइ भएन भने तेस्रो चरणको आन्दोलन भदौको पहिलाे हप्तामा सुरु गर्नेछौं ।’


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?