Logo

इनर व्हील क्लबद्वारा भद्रपुरका तीन जना गुरु आमालाई सम्मान

देश प्रदेश समाचार २९ असार २०७९, बुधबार २०:१९ मा प्रकाशित

भद्रपुर । सामाजिक संस्था इनर व्हील क्लब अफ भद्रपुरले  प्रथम वार्षिक उत्सव एवम् गुरु पूर्णिमाको अवसर पारेर तीन जना गुरुआमालाई सम्मान गरेका छन् ।
भद्रपुर- ८ स्थित डेग्लो होटेलमा बुधवार आयोजित एक कार्यक्रमका बिच क्लबले शारदा आधारभूत विद्यालय भद्रपुरकी पूर्व प्रधानाध्यापक प्रभा घिमिरे, भद्रपुर माध्यमिक विद्यालयकी पूर्व शिक्षिका देवीमाया क्षेत्री र पृथ्वी निमावि भद्रपुरकी पूर्व प्रधानाध्यापक जोश्ना कुण्डुलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका हुन् ।

८३ वर्षीया घिमिरे ३५ वर्ष शिक्षण पेसा गरेकी थिइन्, भने ७३ वर्षीया क्षेत्री ३३ वर्ष र ६६ वर्षीया कुण्डुले ३० वर्ष शिक्षण पेसा गरी अवकाश जीवन बिताइरहेकी छिन् । क्लबकी अध्यक्ष कुसुम अधिकारी (पराजुली) अध्यक्षतामा भएको कार्यक्रममा क्लबकी उपाध्यक्ष निर्मला निरौलाले गुरु पूर्णिमाको बारेमा जानकारी गराएकी थिइन् । क्लबकी कार्यकारी सदस्य प्रमीला ढकाल (परी)ले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यकारी सदस्य अमृता हुमागाईँ (पराजुली)ले राखेकी थिइन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?