Logo

लागूऔषधसहित आमा-छोरा पक्राउ

देश प्रदेश समाचार १० चैत्र २०७८, बिहीबार १७:०६ मा प्रकाशित

काँकडभिट्टा   प्रतिबन्धित लागूऔषधसहित आमाछोरा पक्राउ परेका छन् । मेचीनगर १० बस्ने ४५ वर्षीया मैनि खातुनको घरमा इलाका प्रहरी कार्यालय धुलाबारी, लागु औषध ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनको घरबाट ९ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर, गाँजा २४ ग्राम,नगद ९ हजार ५६० रुपैयाँ, विभिन्न कम्पनीको मोबाइल ९ थान,डिजिटल मिनी तराजु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनका छोरा २६ वर्षीय मेबुव आलम समेत संलग्न रहेको खुलेपछि तत्काल फरार रहेकोमा खोजतलास गर्ने क्रममा बुधवार नियन्त्रणमा लिई दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्लाका डिएसपी वसन्त पाठकले जनाए  ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?